पाथीभरा केबलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश
२०८१ चैत्र १७, आईतवार १२:५९
सर्वोच्च अदालतले ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा निर्माणाधीन केबलकार लगायतका सबै कार्यहरू तत्काल यथास्थितिमा रोक्न आदेश दिएको छ।
न्यायाधीशहरुद्वारा जारी गरिएको अन्तरिम आदेशमा सरकारले तथा निर्माण कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माणसहितका अन्य संरचना बनाउन नसक्ने उल्लेख गरिएको छ।
याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय नआउन्जेलसम्म कुनै पनि कार्य अघि नबढाउन निर्देशन दिएको हो।
सर्वोच्चको आदेशपछि अहिले निर्माण कार्य रोकिएको छ भने यसबारे थप सुनुवाइ आगामी दिनमा हुने बताइएको छ।




