प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन
२०८२ बैशाख ३१, बुधबार ०८:३८
लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ। दिउँसो १ बजेका लागि बैठक डाकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
यसअघि, प्रदेश सरकारले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।
आजको प्रारम्भिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले शुभकामनामूलक मन्तव्य दिने कार्यक्रम तय गरिएको छ।
सरकारले आगामी जेठ ४ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।
लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन फागुन ७ गते समाप्त भएको थियो।




