प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल सुरु
२०८२ जेष्ठ १९, सोमबार १७:५६
काठमाडौं,संसदमा देखिएको गतिरोध अन्त्य गर्नका लागि प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण छलफल सुरु भएको छ।
छलफलमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
विश्वसनीय स्रोतका अनुसार, पछिल्लो समय संसद् बैठकहरूमा देखिएको अवरोध र राजनीतिक सहमति निर्माणका विषयमा आजको बैठक केन्द्रित हुनेछ। संसद् सञ्चालनलाई सहज बनाउने र मुलुकको राजनीतिक स्थायित्व कायम राख्ने विषयमा नेताहरूबीच सहमति खोजिने बताइएको छ।
छलफलबाट संसद् गतिशील बनाउने रणनीति तय हुने अपेक्षा गरिएको छ। साथै, दलहरूबीच बढ्दो अविश्वासको वातावरणलाई सम्बोधन गर्दै सहकार्यका नयाँ आधार तय गर्नुपर्ने आवश्यकता नेताहरूले पहिचान गरिसकेका छन्।




