“सीप छ, अवसर छैन” भन्ने नेपाली युवाको गुनासो अब विस्तारै घट्ने संकेत देखिन थालेको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सीप मेला २०८२’ मा दूरसञ्चार क्षेत्रको अग्रणी संस्था एनसेलको सक्रिय साथले मेलालाई अझ प्रभावशाली बनाएको छ।

एनसेल आजियाटा लिमिटेडले युवाहरूको क्षमता उजागर गर्न र रोजगारी तथा उद्यमशीलताको ढोका खोल्न सहयोग पुर्‍याउने उद्देश्यसहित मेलामा सहभागिता जनाएको हो।

 मेलामा एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालनमा रहेका विभिन्न युवा लक्षित कार्यक्रमहरू प्रदर्शन गर्‍यो। डिजिटल सीप, व्यवसायिक तालिम र स्टार्टअप सहयोग जस्ता पक्षमा कम्पनीले गरिरहेको योगदानबारे जानकारी दिइयो।

एनसेलका प्रवक्ताले भने, “हामी टेक्नोलोजीमार्फत युवाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं। यस्ता मेलाले उनीहरूलाई बाटो देखाउँछ।”

मेलामा सयौं युवाहरूले रोजगारदाता कम्पनीहरूसँग प्रत्यक्ष संवाद गरे। कतिपयले त ऑन-द-स्पट आवेदन समेत दिएका थिए। तालिम प्रदायक संस्थाहरूको स्टल, करियर काउन्सिलिङ, सीप परीक्षण जस्ता आकर्षक कार्यक्रमहरूले मेला चहलपहलपूर्ण रह्यो।

कार्यक्रम उद्घाटन गर्दै काठमाडौं महानगर प्रमुख बालेन शाहले भने, “युवा देशको शक्ति हुन्। सीपमूलक कार्यक्रमको माध्यमबाट उनीहरूलाई सक्षम बनाउनु आजको आवश्यकता हो।

 एनसेलले विगतदेखि नै शिक्षा, स्वास्थ्य र डिजिटल पहुँचमा उल्लेख्य योगदान दिंदै आएको छ। सीप विकासलाई पनि प्राथमिकतामा राख्दै कम्पनीले देशका विभिन्न भागमा सीप तालिम, डिजिटल साक्षरता कार्यक्रम र महिला उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ।

 काठमाडौंको सीप मेलाले देखाएको उत्साह र सहभागिताले स्पष्ट संकेत दिएको छ — जब निजी क्षेत्र, स्थानीय सरकार र युवाले हातेमालो गर्छन्, तब परिवर्तन सम्भव हुन्छ। एनसेल र काठमाडौं महानगरको यो सहकार्य, सम्भवतः हजारौं युवाको भविष्य निर्माणको थालनी बन्न सक्छ।