स्थानीय उत्पादन, विश्वसनीय ब्रान्ड: ‘धुर्कोटे चामल’ अब बजारमा

अब उपभोक्ताले गुल्मीको उब्जनी स्वाद ‘ब्रान्ड’मा अनुभूति गर्न पाउने भएका छन्। धुर्कोट गाउँपालिका-६, सिस्तुङका कृषक मेघनाथ अर्यालको धान उत्पादनलाई “धुर्कोटे चामल” नाम दिई औपचारिक रूपमा बजारमा प्रवेश गराइएको छ।
धुर्कोट गाउँपालिकाले स्थानीय उत्पादनलाई सम्मान गर्दै ‘धुर्कोटे चामल’ नामको लेबलमा आकर्षक प्याकेजिङसहित बजारमा पठाएको हो। गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलका अनुसार, यो कदमले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै कृषकहरूको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
कृषिमा आत्मनिर्भरता र आम्दानीको आशा स्थानीय कृषि उत्पादनलाई व्यवसायिक ढंगले प्रवर्द्धन गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यसहित गरिएको यो प्रयासले भविष्यमा कृषकहरूको जीवनस्तर उकास्ने विश्वास गरिएको छ। अध्यक्ष पोखरेलले उद्योग प्रवर्द्धन र बजार रणनीतिबाट कृषकहरूको आयआर्जनमा सकारात्मक असर पर्ने बताए।
अब स्थानीय धानको स्वाद मात्र होइन, त्यहाँको पहिचान पनि उपभोक्ताको भान्सामा प्रवेश गर्दैछ—‘धुर्कोटे चामल’को रूपमा जसले नेपाली भान्सा अलग्गै स्वाद पस्किनेछ ।