राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितको कार्यसम्पादन समितिकाे वैठकले राष्ट्रपतिकाे निर्वाचनमा तटस्थ बस्न उचित हुने निष्कर्ष निकालेको बताए ।

राप्रपा मतदानमा सहभागी नहुने निर्णय गरेकाे जनाउँदै लिङदेनले भने, ‘खास गरी हामीले सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँगै हाम्रो फरक मत छ तर त्यो भन्दापनि अहिले राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय संस्थाको, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ।’
लिङ्देनले भनेअहिले उम्मेदवार बनेका दुवैजना सक्रिय राजनीतिमा रहेकाले अभिभावकीय र निष्पक्षिय भूमिकाको परिकल्पना गर्न नसकिने ‘दुवै जना एक एकवटा पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। उहाँहरुबाट अभिभावकीय भूमिका र निष्पक्षताको चाहिँ हामीले परिकल्पना गर्न सक्दैनौँ। त्यसैले यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्ष निकालेका हौं।

उनले भने,‘उम्मेदवार बन्न पाउने उहाँहरुको सुविधा भएपनि हामीले उम्मेदवारबाट राष्ट्रपति संस्थाप्रति निष्पक्ष हुन नसक्ने देखेर हामी यो निष्कर्षमा पुगेका हौं।