भारतबाट नेपाल आउनेहरूका लागि नयाँ व्यवस्था : अब ५ हजार डलरसम्म ल्याउन पाइने

नेपाल सरकारले भन्सार ऐनअन्तर्गत राजपत्रमार्फत जारी गरेको नयाँ सूचनामा भारतबाट नेपाल आउने भारतीय नागरिकलाई ५ हजार अमेरिकी डलरसम्म बराबरको रकम ल्याउन दिने व्यवस्था गरेको छ। यसअघि तोकिएको २५ हजार भारतीय रुपैयाँको सिमाना हटाएर यो सहुलियत दिइएको हो।
विदेशी मुद्रा ल्याउँदा के थाहा हुनुपर्छ?
अब भारतबाट आउने पर्यटक पनि अन्य मुलुकका पर्यटकसरह ५ हजार डलरसम्मको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन सक्नेछन्।
५ हजार डलरभन्दा बढी रकम भएमा भने भन्सार बिन्दुमा अनिवार्य घोषणा गर्नुपर्नेछ।
विवाह वा अन्य सामाजिक कार्यमा गहना ल्याउने व्यवस्था भारतबाट आउने यात्रुले स्वप्रयोजनका लागि गहना ल्याउन सक्छन्।गहना ल्याउँदा भन्सार कार्यालयमा घोषणा अनिवार्य छ। २०% धरौटी रकम राख्नुपर्नेछ।
यात्रु फर्कंदा सोही गहना परीक्षण गराई धरौटी रकम फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।
सुन र चाँदीको सीमा
पुरुष: २५ ग्रामसम्म सुनका गहना
महिला: ५० ग्रामसम्म सुनका गहना
दुवैका लागि: १०० ग्रामसम्म चाँदीका गहना
घोषणा गरेर ल्याएमा फर्कंदा फिर्ता लैजान सकिने प्रावधान।
भारतीय नागरिकलाई अन्य विदेशी पर्यटकसरह नै व्यवहार गरिने भएकोले भन्सार ऐनअनुसारका सबै नियमहरू लागू हुने छन्।
लुकाइछिपाइ ल्याइएका गहना वा नगद जफत हुने र कानुनी कारबाही लाग्नेछ।
अब सीमा नाघ्दा सजग बनौं, घोषणा गरौं, सजिलो पारौं। भारत–नेपाल यात्रामा स्पष्ट नियम, अब ढुक्क यात्रा।