नेपालको व्यापार इतिहासमा एक उल्लेखनीय तथ्य सार्वजनिक भएको छ — पछिल्लो ११ महिनामा मात्र नेपालले एक खर्बभन्दा बढीको खाने तेल विदेश पठाएको छ।

यश आर्थिक वर्यसको सुरुवातदेखि हालसम्म (१०–११ महिनाको अवधिमा) नेपालले सोयाबिन र सूर्यमुखी जस्ता खाने तेलको निर्यातबाट झन्डै रु १ खर्ब २७ अर्बभन्दा बढी आम्दानी गरेको सरकारी तथ्यांकले देखाएको छ।

खासगरी भारततर्फको निर्यातमा उल्लेखनीय बृद्धि देखिएको छ। नेपालले विदेशबाट कच्चा तेल (सोयाबिन, पाम आदि) आयात गरेर यहाँ प्रशोधन गरी पुनः निर्यात गर्ने रणनीति अपनाएको छ।

यो आँकडाले नेपाललाई तेल निर्यातमा एक प्रमुख खेलाडीको रूपमा उभ्याएको भए पनि, केही विश्लेषकहरूले यसले नेपालको कुल व्यापार घाटामा खासै सकारात्मक असर नपरेको बताउँछन्। किनकि प्रशोधनका लागि चाहिने कच्चा पदार्थ भने आयात नै गरिन्छ।

 आर्थिक विश्लेषकहरुको भनाइमा, “नेपालको खाद्य तेल निर्यात झल्काउने यो आँकडा सन्देहभन्दा बाहिर छ। तर दीर्घकालीन दृष्टिकोणले हेर्दा, कच्चा पदार्थमा निर्भर निर्यातले दीगो फाइदा दिन सक्दैन।”

सरकारले यदि घरेलु स्तरमै कच्चा तेल उत्पादन गर्न सक्ने नीति लिन्छ भने, यो निर्यातलाई वास्तविक मूल्यवृद्धिमा रूपान्तरण गर्न सकिन्छ। साथै, कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र उत्पादन दुबै बढाउन सकिन्छ।

 रणनीतिक दृष्टिकोणले नेपालले पनि औद्योगिक निर्यातको क्षेत्रमा सम्भावनाको ढोका खोलेको छ। अब आवश्यकता छ दीर्घकालीन सोच र नीतिगत लगानीको आवश्यकता गरेको छ