अब इच्छाकामनामा फोहोर संकलन निःशुल्क, गाउँपालिकाको ७८ करोडको बजेट सार्वजनिक
२०८२ असार ९, सोमबार ०९:३५
चितवन, असार ९ — चितवनको इच्छाकामना गाउँपालिकाले अबदेखि फोहोरमैला संकलनका लागि कुनै शुल्क नलिने घोषणा गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको यो निर्णयले स्थानियबासीलाई राहत दिने अपेक्षा गरिएको छ
अब गाउँपालिकाभित्रका सबै शहरी र ग्रामीण बस्तीबाट निस्कने फोहोर गाउँपालिकाले निःशुल्क संकलन गर्नेछ। सार्वजनिक सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ।
साथै, गाउँपालिकाले आगामी वर्षका लागि रु. ७८ करोड १५ लाखको बजेट पनि सार्वजनिक गरेको छ। बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।
गाउँपालिका अध्यक्षका अनुसार “फोहोर संकलनमा शुल्क हटाउने निर्णयले नागरिकमा जिम्मेवारिता थप बढ्नेछ र स्वच्छ इच्छाकामना बनाउने हाम्रो अभियान अझ प्रभावकारी हुनेछ।”
यस निर्णयलाई नागरिक समाज र सरोकारवालाहरूले स्वागत गरेका छन्। धेरैले यसलाई उदाहरणीय कदमका रूपमा लिएका छन्।
अब इच्छाकामनाका बासिन्दाले पैसा नतिरी सफा गाउँको अनुभूति गर्न पाउनेछन्।




