काठमाडौं — संखुवासभाको ऐतिहासिक जलविद्युत् आयोजना ‘अरुण–३’ ले अझै मेसिन घुम्न नपाउँदै आफ्नो बिजुली ‘बिक्री’ गरिसकेको छ। 

भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगम (एसजेवीएन) र उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (UPPCL) बीच बहुप्रतीक्षित विद्युत् खरिद सम्झौता (PPA) सम्पन्न भएको हो।

 सम्झौताअनुसार कुल ९०० मेगावाट क्षमतामध्ये ५९० मेगावाट भारतको उत्तर प्रदेशले खरिद गर्नेछ।

सतलजका अनुसार, “सम्झौता भएपछि आयोजना थप द्रुत गतिमा अगाडि बढ्नेछ। लगानीकर्तामा आत्मविश्वास बढेको छ।”

आयोजना अझै निर्माणमै भए पनि यसको आर्थिक पृष्ठभूमि बलियो बन्दै गएको छ।

 सम्झौता २५ वर्षका लागि गरिएको छ। त्यसपछि आयोजना नेपालको स्वामित्वमा आउनेछ, जसले दीर्घकालीन ऊर्जा सुरक्षामा सघाउनेछ।

साे आयोजना निर्माण सुरु २०७५ भएकाे हाे जसको 

लागत १.४ अर्ब अमेरिकी डलर लाग्नेछ । यसले 

उत्पादन सुरु सन् २०२५ भित्र गर्ने लक्ष लिएर छ ।

स्वामित्व: सुरुमा भारत, पछि नेपाललाई हस्तान्तरण

ऊर्जा विज्ञहरूको टिप्पणी: “उत्पादन हुनुअघि नै बजार भेटिएकोले अरुण-३ अब थप ग्यारेन्टीसहित अगाडि बढ्नेछ।”

नेपालका लागि अवसर: दीर्घकालीन लाभ, ट्रान्समिसन साझेदारी, र प्राविधिक अनुभव।