Oplus_0

काठमाडौं, असार १८ – चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ३ सय ५६ जना उद्यमीले ‘स्टार्टअप कर्जा’ प्राप्त गरेका छन्।

 सरकारले यस वर्षका लागि ६ सय ६१ जना स्टार्टअप उद्यमी छनोट गरेकोमा हालसम्म करिब आधा उद्यमीले मात्र कर्जा उपयोग गरेका हुन्।

राष्ट्रिय योजना आयोगअन्तर्गतको ‘स्टार्टअप प्रोत्साहन कार्यक्रम’अन्तर्गत असार १८ सम्ममा वितरण गरिएको कर्जा रकम कुल २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

सस्तो ब्याजदरमा सुलभ रूपमा नयाँ व्यवसाय थालनी गर्न सकिने उद्देश्यले सञ्चालित यो योजनाले युवा र नवप्रवर्तकलाई रोजगारी सिर्जना र स्वदेशमै अवसर खोज्न उत्प्रेरित गरिरहेको छ।

 तर, छनोट भइसकेका बाँकी ३०० भन्दा बढी उद्यमीले कर्जा नलिएको अवस्था भने योजनाको प्रभावकारिता र प्रक्रियागत जटिलतामाथि प्रश्न खडा भएको संकेत पनि हुन सक्छ।

कार्यक्रमको मुख्य विशेषताः – अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा – सरकारको व्याज अनुदान – नवप्रवर्तक वा नयाँ व्यवसायीलाई लक्षित – जिल्ला र स्थानीय निकायमार्फत आवेदन प्रक्रिया मिल्नेछ ।

अबको चुनौती भनेको बाँकी छनोट भएका उद्यमीले छिटो प्रक्रिया पूरा गरेर कर्जा प्राप्त गर्न सक्नु र सो कर्जाको प्रभावकारी उपयोगमार्फत वास्तविक उद्यम सिर्जना गर्नु हुनेछ।