रिलायबल नेपाल लाइफमा फेरि लोहनीको नेतृत्व, चार वर्षे कार्यकालको सुरुआत साउन १८ देखि
२०८२ असार २२, आईतवार १९:३५
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) को पदमा पुनः नारायण बाबु लोहनीलाई चयन गरेको छ।
कम्पनीको सञ्चालक समितिको १५५औं बैठकले असार १९ गतेको निर्णयअनुसार लोहनीलाई आगामी चार वर्षका लागि पुनः सीईओमा नियुक्त गरेको हो।
साउन १८ गतेदेखि लागू हुने यो नियुक्तिसँगै लोहनीले आफ्नो नेतृत्व पुनः निरन्तरता दिनेछन्।
उनी यसअघि पनि सोही पदमा कार्यरत थिए र अबको कार्यकालमा कम्पनीको रणनीतिक दिशा र विकासमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।




