काठमाडौं – प्रतिष्ठित व्यवसायिक समूह गाेल्ड स्टारका कार्यकारी निर्देशक विदूषी राणा नेपाल उद्योग परिसंघ (CNI) को कार्यसमिति सदस्य (Office Bearer – OB) मा निर्वाचित भएकी छन्।

 यस अवसरमा गाेल्ड स्टार परिवारले एक शुभकामना सन्देश जारी गर्दै उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

“उहाँको दूरदृष्टिपूर्ण सोच, सशक्त नेतृत्व क्षमता र निरन्तर प्रेरणादायी योगदानले संस्था मात्र होइन, सम्पूर्ण औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई प्रभावकारी, सुदृढ र सकारात्मक दिशातर्फ अग्रसर गराउने हाम्रो पूर्ण विश्वास छ,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति

नेपालको निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहँदै आएकी राणा दीर्घ अनुभव, नेतृत्व कौशल र रणनीतिक सोचकी धनी हुन्। उहाँको यो निर्वाचनसँगै उद्योग क्षेत्रभित्र महिला नेतृत्वको उपस्थिति अझ सशक्त बनेको उद्योग विश्लेषकहरू बताउँछन्।

गाेल्ड स्टार समुह अन्तर्गत विभिन्न उत्पादन र सेवामूलक व्यवसायहरूमा राणाको सक्रियता देखिँदै आएको छ। उहाँको मार्गदर्शनमा कम्पनीले गुणस्तरीय उत्पादन, रोजगारी सृजना र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ।

नेपाल उद्योग परिसंघ (CNI) को नयाँ कार्यसमिति गठनसँगै निजी क्षेत्रको हित, नीति निर्माणमा सहभागिता र औद्योगिक सुधारमा नयाँ गति आउने विश्वास गरिएको छ। राणाको अनुभव र सोचले लगानी प्रवर्द्धन, स्थानीय उद्योगको सुदृढीकरण, तथा नवप्रवर्तनमुखी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

गाेल्ड स्टार समूहले आफ्नो कार्यकारी नेतृत्वले पाएको यो जिम्मेवारीलाई गर्वको रूपमा लिएको जनाएको छ।

हामी पूर्ण विश्वासका साथ भन्न चाहन्छौं कि राणाज्यूको नेतृत्वले संस्था र देश दुवैको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। उहाँको कार्यकाल प्रेरणादायी, उपलब्धिमूलक र दीर्घकालीन प्रभाव पार्नेछ।

नेपाल उद्योग परिसंघ (CNI) निजी क्षेत्रको एक प्रमुख संगठन हो जसले उद्योग, व्यवसाय, लगानी र नीति संवादमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संस्थाले हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्दै नेतृत्वलाई सशक्त बनाउँदै आएको छ।