प्रधानमन्त्री ओलीको सिफारिसमा भगवती न्यौपाने संघीय मामिला मन्त्री नियुक्त
२०८२ असार ३१, मंगलवार १८:३२
काठमाडौं, असार ३१– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका छन्।
मंगलबार राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचनामार्फत न्यौपानेलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको जानकारी दिइएको हो।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–
“नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) अनुसार पूर्वमन्त्रीले प्रधानमन्त्रीज्यू समक्ष पदबाट राजीनामा दिनु भएकोले, संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिएको छ।” यससँगै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने भएकी छन्।
पूर्वमन्त्रीको राजीनामापछि रिक्त रहेको मन्त्रालयको नेतृत्व अब न्यौपानेको काँधमा आएको हो। नेकपा (एमाले) निकट नेतृ न्यौपाने संघीयता, सार्वजनिक प्रशासन सुधार र महिला सहभागिताको पक्षमा लगातार आवाज उठाउँदै आएकी एक सशक्त नेतृको रूपमा परिचित छिन्।
कर्मचारी प्रशासनमा सुधारको अपेक्षा,प्रदेश–स्थानीय तहबीच समन्वयमा गति,संघीय संरचनाको बलियो कार्यान्वयनको संभावना हुनेछ ।
न्यौपाने मन्त्री पदमा आगमनलाई ओली नेतृत्वको क्याबिनेटमा सबल महिला सहभागिता र प्रशासनिक पुनर्संरचनातर्फको इङ्गितको रूपमा हेरिएको छ।




