३७ निर्माण कम्पनीको लाइसेन्स खारेज, मन्त्रालयले सार्वजनिक गर्यो सूची
२०८२ श्रावण १, बिहीबार १९:०८
श्रावण १ काठमाडौँ — एकै पटक ३७ वटा निर्माण कम्पनीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै ती कम्पनीहरूले तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेका कारण स्वतः खारेज गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार निर्माण व्यवसायीहरूलाई तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण गर्न पटक–पटक सूचना दिइए पनि सम्बन्धित कम्पनीहरूले वेवास्ता गरेकाले नियमानुसार कारवाही गरिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचीमा ठूला–मझौला दर्जाका निर्माण कम्पनीहरू पनि परेका छन्। यस निर्णयसँगै ती कम्पनीहरूले अब कुनै पनि सरकारी निर्माण आयोजना वा बोलपत्रमा भाग लिन पाउने छैनन्।
पृष्ठभूमि र प्रभाव विशेषगरी सडक, भवन, पुल तथा जलस्रोतसम्बन्धी ठेक्का सम्झौतामा संलग्न यस्ता कम्पनीहरूको लाइसेन्स खारेज हुनु प्राविधिक क्षमताको अभाव, उदासीनता तथा कमजोरीको संकेतका रूपमा लिइएको छ। मन्त्रालयका अनुसार भविष्यमा निर्माण क्षेत्रलाई व्यवस्थित गर्न यस्ता निगरानी कडा बनाइनेछ।
👉 थप जानकारी र सूची यहाँ हेर्नुहोस्: mopit.gov.np




