मनमोहन प्राविधिक विश्वविद्यालयमा दिक्षान्त समारोह व्यवस्थापन संचालन कार्यविधि २०८२ हस्तान्तरण
२०८२ श्रावण १२, सोमबार ११:२८
विराटनगर, २०८२ साउन१२ – हिजो मनमोहन प्राविधिक विश्वविद्यालय, बुढीगंगा–४, मोरङमा दिक्षान्त समारोह व्यवस्थापन संचालन कार्यविधि २०८२ का संयाेजक प्रा कविराज न्याैपानेबाट औपचारिक रूपमा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेललाई हस्तान्तरण गरिएको छ।
सो अवसरमा कार्यविधि निर्माण समितिका संयोजक प्रा. कविराज न्यौपानेले विश्वविद्यालयको सर्वोच्च औपचारिक कार्य दीक्षान्त समारोहलाई सबै विश्वविद्यालय सरह प्रतिष्ठित मात्र नभई, विश्वविद्यालयको विशिष्ट पहिचान प्रकट हुनेगरी आधुनिक र व्यवस्थित ढंगले सञ्चालन गर्न कार्यविधि प्रस्ताव गरिएको जानकारी गराए।
कार्यविधि हस्तान्तरण समारोहमा बोल्दै उपकुलपति डा. पोखरेलले संयोजक न्यौपानेप्रति विश्वविद्यालयले अनुरोध गरिएको अरू कार्य झै याे कार्यदललाई दिएको जिम्मेवारी समयमा नै परा गरेको प्रति कृतज्ञता व्यक्त गरेका छन् ।
विश्वविद्यालयका गतिविधिहरूमा उच्चस्तरीय प्राज्ञिक ज्ञान र व्यावहारिक अनुभवको आदानप्रदानबाट शैक्षिक तथा प्रशासनिक कार्यप्रणालीलाई नवीन उचाइमा पुर्याउन प्रा न्याैपानेकाे हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा दिननाथ फुयाल कार्यदल सदस्य नविनराज पाेखरेल (पु.वि.) ,युवराज चाैधरी (म.वि.) र प्राध्यापक, प्राविधिक विशेषज्ञ तथा प्रशासनिक पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।




