अमेरिकाको नयाँ भन्सार नीति: भारतमाथि २५% शुल्क, नेपालका लागि अवसरको ढोका खुल्ला?
२०८२ श्रावण १६, शुक्रबार ०९:३९
काठमाडौं, श्रावण १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यापार नीतिअनुसार भारतसहित ९२ देशहरूमाथि नयाँ भन्सार शुल्क लागू गर्ने घोषणा गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यो निर्णय साउन २३ गतेदेखि कार्यान्वयनमा आउनेछ।
सूचिमा रहेका प्रमुख देशहरूमाथि लगाइएको शुल्क भारत २५%, पाकिस्तान १९%,
र क्यानडा ३५% रहेको छ ।
ट्रम्पले यस निर्णयलाई “अमेरिकाको उत्पादन र रोजगारी जोगाउने रणनीतिक कदम” भनेका छन्। उनका अनुसार विदेशी उत्पादनहरूमा निर्भरता घटाउन र घरेलु उद्योगलाई संरक्षण गर्न यस्तो शुल्क लागू गरिएको हो।
नेपालका लागि अवसर?
व्यापार विश्लेषकहरूको बुझाइमा अमेरिकाले भारत र पाकिस्तानजस्ता देशहरूमाथि शुल्क बढाउँदा नेपालजस्ता साना मुलुकहरूका लागि अवसर सृजना हुने देखिएको छ।
विशेषगरी GSP (Generalized System of Preferences) सुविधा अन्तर्गत नेपालका केही उत्पादनहरूलाई अमेरिकाले भन्सार छुट दिएको छ।
यस सन्दर्भमा नेपालले निम्न क्षेत्रबाट फाइदा लिन सक्ने विज्ञहरूको सुझाव छ:
हस्तकलाका सामग्री, तयारी कपडा
,आयुर्वेदिक तथा जैविक उत्पादनहरू, अर्गानिक चिया र कफी रहेका छन् ।
अमेरिकी बजारमा नेपाली विकल्प?
नेपालका उत्पादनहरू तुलनात्मक रूपमा सस्तो, प्राकृतिक र हस्तनिर्मित हुने भएकाले अमेरिकी बजारमा वैकल्पिक आपूर्तिकर्ताको रूपमा अघि बढ्न सक्ने सम्भावना विश्लेषकहरू देख्छन्।
तर, व्यापार पूर्वाधारको कमजोरी, ढिलो प्रक्रिया, गुणस्तर प्रमाणीकरणको अभाव, र उत्पादन क्षमतामा सीमितता नेपाली उद्योगका चुनौती हुन्। सरकार र निजी क्षेत्र दुवैले योजनाबद्ध ढंगमा अघि नबढे अवसर गुम्न सक्छ।
ट्रम्पको नयाँ नीतिले भारत लगायतका मुलुकहरूलाई झट्का दिएको छ। तर, नेपालले समयमै रणनीति बनाउँदै अमेरिकी बजारमा आफ्नो उपस्थितिलाई सुदृढ गर्न सके भने यो निर्णय नेपालका लागि ऐतिहासिक अवसर बन्न सक्छ।




