कोशी प्रदेश सरकार अब ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’
२०८२ श्रावण १७, शनिबार ११:४२
विराटनगर, श्रावण १७ – कोशी प्रदेश सरकारले अबदेखि आफ्नो नाम आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ राख्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाममा संशोधन गर्दै उक्त निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार अब प्रदेश सरकारका सम्पूर्ण कार्यालयहरूमा नयाँ नाम उल्लेख गरिनेछ। उनका अनुसार अघिल्लो नाम ‘कोशी प्रदेश विराटनगर, नेपाल’ लाई हटाएर अब प्रदेशसभाबाट पारित ऐनअनुसारको ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ भन्ने नाम आधिकारिक बनाइनेछ।
यस निर्णयअनुसार सरकारी कार्यालयहरूमा प्रयोग हुँदै आएको लेटरहेड, साइनबोर्ड लगायत सबै सामग्रीमा संशोधित नाम उल्लेख गरिनेछ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको तथ्यांक प्रणाली व्यवस्थित गर्न नयाँ विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ। साथै, प्रदेशको स्वास्थ्य नीतिः २०८२ लाई स्वीकृति प्रदान गर्दै स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउने दिशातर्फ सरकार अघि बढेको छ।
प्रदेश सरकारको नाम अब ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’सबै कार्यालयमा लेटरहेड र साइनबोर्डमा नयाँ नाम लागू ,तथ्याङ्क व्यवस्थापनसम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने , प्रदेश स्वास्थ्य नीति २०८२ स्वीकृत
सरकारी स्तरमा नाम र नीति सुधारसँगै प्रशासनिक कार्यसम्पादन थप व्यवस्थित हुने विश्वास प्रदेश सरकारले व्यक्त गरेको छ।




