धनकुटा,श्रावण १९ , सिधुवा प्रहरी चौकीमा कार्यरत प्रहरी सह- निरीक्षक नवीन कुमार प्रधानको छिन्ताङ्ग ईलाका प्रहरी कार्यालयमा सरूवा भएपछि स्थानीय स्तरमा  विदाई कार्यक्रम सम्पन्न भएको छ।

छथर जोरपाटी–६ मा अवस्थित युग संगम मित्रालयको संयोजनमा आयोजित कार्यक्रम सामाजिक सद्भाव र कदरको भावनाले भरिपूर्ण रह्यो। कार्यक्रममा मित्रालयका अध्यक्ष पदम बहादुर भट्टराईले स्वागत मन्तव्य राख्दै प्रधानको इमानदार सेवा र अनुशासनको प्रशंसा गरे।

उक्त अवसरमा स्थानीय बैक तथा वित्तीय संस्थाका प्रवन्धक दर्शनराज न्यौपाने, धिरज शाक्य, समाजसेवी युवराज थापा, भीमशंकर अधिकारी,घमण्ड व थापा, भरत गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 उनीहरूले सई प्रधानप्रति सम्मान व्यक्त गर्दै सफल सेवा कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रमका बारेमा जानकारी दिँदै कविन्द्र राईले प्रहरी प्रधानले स्थानीय शान्ति सुरक्षामा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताए।