ट्रम्प प्रशासनले सत्ता सम्हालेपछि अनुदानमा लगाइएको स्थगन फुकुवा

काठमाण्डौ श्रावण २९ विहिवार — अमेरिकी ‘मिलेनिअम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) का कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले नेपालमा जारी ‘एमसीसी कम्प्याक्ट’ का परियोजना तीन वर्षमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुधबार काठमाडौंमा उनले अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र वनमन्त्री ऐन बहादुर शाहीसँग छुट्टाछुट्टै भेट्दै उक्त प्रतिबद्धता दोहोर्‍याएका हुन्।

दुई वर्षअघि सुरु भएको कम्प्याक्ट परियोजना कार्यान्वयनमा अमेरिकी प्राथमिकता उच्च रहेको उनले स्पष्ट पारे। ट्रम्प प्रशासनले लगाएको अनुदान स्थगन फुकुवा भएपछि नेपालको औपचारिक भ्रमणमा आएका विङ्गलले दुवै पक्षबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताउँदै समयसीमा भित्र लक्ष्य हासिल गर्ने तयारीबारे जानकारी दिएका छन्।

सरकारी अधिकारीहरूका अनुसार भेटवार्तामा परियोजनाको प्रगति, अवरोध र आगामी कार्ययोजना विषयमा छलफल भएको थियो। 

अमेरिका र नेपालबीचको यो साझेदारीले ऊर्जा प्रसारण लाइन र सडक सुधारजस्ता पूर्वाधारमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।