विराटनगर श्रावण ३० शुक्रबार – कोसी प्रदेशको धार्मिक तथा सांस्कृतिक वातावरणलाई रंगिन बनाउँदै यस वर्षको राधाकृष्ण रथयात्रा आगामी पर्सि हुने भएको छ। मूल आयोजक समितिका अनुसार, प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अपरान्ह ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट पूजाअर्चना गर्दै रथयात्राको औपचारिक शुभारम्भ गर्ने छन्।

यसअघि बजारमा भारतीय मुख्यमन्त्रीहरू आउने चर्चा चलेपनि, अन्ततः जोगवनीका मेयर रोहत यादव विशेष अतिथि रहने पक्का भएको आयोजक समितिले जनाएको छ।

रथयात्रामा कोसी प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, विराटनगर महानगरपालिकाका मेयर, उपमेयर, साथै विराटनगर आसपास र छिमेकी स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।

धार्मिक भक्ति, सांस्कृतिक प्रदर्शन र सामूहिक सहभागिताको मिश्रण हुने अपेक्षा गरिएको यस रथयात्रामा भक्तजनहर उल्लेखनीय रहने अपेक्षा छ