विराटनगर, भदौ १ । — बुढिगंगा गाउँपालिका–१ निवासी प्रा.डा. अशोक कोइराला नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको अस्पताल प्रमुखमा नियुक्त हुनुभएको छ।

स्वास्थ्य शिक्षा तथा उपचार क्षेत्रमा लामो समयदेखि संलग्न रहँदै आएका कोइरालाले अब अस्पतालको व्यवस्थापन, सेवा–प्रवाह र गुणस्तरीय उपचार प्रणालीलाई अझ प्रभावकारी बनाउन नेतृत्व गर्ने जिम्मेवारी पाउनु भएको हो।

स्थानियवासी, सहकर्मी तथा शुभेच्छुकहरूले उहाँलाई नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनका अनुसार नोबेल अस्पताललाई अझ सुदृढ र जनमैत्री बनाउन आफू निरन्तर प्रतिबद्ध रहने बताउनुभएको छ।

 “प्रा.डा. अशोक कोइरालाले पाउनु भएको यो अवसर केवल व्यक्तिगत मात्र नभई हाम्रो गाउँ–समुदायकै गौरव हो,” बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले वताए