मोरङ भाद्र ३ – बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेको सरुवा भएको छ। उहाँलाई संघीय मन्त्री स्तरकै निर्णयअनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको हो।

न्यौपानेको स्थानमा मिक्लाजुङ्ग गाउँपालिकाबाट तुलराज थापा मगर बुढीगंगा गाउँपालिकामा सरुवा भई आउनु भएको छ। नयाँ अधिकृत थापा मगरले छिट्टै पदभार ग्रहण गर्ने जनाइएको छ।

गाउँपालिकामा प्रशासकीय नेतृत्वको यो परिवर्तन संघीय स्तरमै भएको निर्णय भएको कारण स्थानीय निकायमा विशेष चासोको विषय बनेको छ। 

आगामी दिनमा विकास–निर्माण तथा सेवा–प्रवाहमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।