२०८१ सालको मदन र जगदम्बा श्री घोषणा
२०८२ भाद्र ६, शुक्रबार १८:४९
काठमाडौं भाद्र ६। काविमोको उपन्यास ‘उरमाल’ यस वर्षको मदन पुरस्कार २०८१ प्राप्त गर्ने भएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई उत्कृष्ट कृतिको रूपमा चयन गरेको हो ।
यसैगरी जगदम्बा श्री पुरस्कार २०८१ भने लोकसंस्कृति क्षेत्रका अग्रज प्रेमदेव गिरीलाई अर्पण गरिने भएको छ । गिरीले पाँच दशकभन्दा लामो समयदेखि लोक भाका संकलन, संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानलाई गुठीले उच्च मूल्याङ्कन गर्दै यो निर्णय गरेको हो ।
साहित्य र संस्कृतिका यी दुई प्रतिष्ठित पुरस्कारले नेपाली समाजमा सिर्जना र परम्पराको निरन्तरतामा विशेष बल पुर्याउने अपेक्षा गरिएको छ ।




