काठमाडौ भाद्र १४ ,प्रधानमन्त्री केपी शर्मा ओली चीन यात्रा सुरु गरेका छन्। यसैबीच काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई एउटा प्रत्यक्ष सन्देश पठाएका छन्—लिपुलेकलाई नबिर्सनुहोस्।

राजनीतिक वृत्तले बालेनको यो कदमलाई एक किसिमको राष्ट्रिय दबाबको राजनीति मानेको छ। स्थानीय सरकारको नेतृत्वमा बसेका बालेनले अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा प्रत्यक्ष प्रतिक्रिया दिनु सामान्य प्रचलन होइन। तर, उनले उठाएको मुद्दा जनभावनासँग जोडिएको छ।

विशेषज्ञहरू भन्छन्—भारत र चीनले आपसी व्यापार विस्तारको नाममा नेपालको भू–सार्वभौमिकता चुनौतीमा पारेको छ। तर, नेपाल सरकार कमजोर प्रतिक्रिया दिँदै आएको आरोप छ। यस्तो अवस्थामा मेयरको वक्तव्यले प्रधानमन्त्रीमाथि जनताको नजर छ भन्ने सन्देश प्रस्ट्याएको छ।

अब प्रश्न यतिमा केन्द्रित छ—प्रधानमन्त्री ओलीले चीन भ्रमणका औपचारिक बैठकहरूमा लिपुलेकबारे प्रत्यक्ष शब्द प्रयोग गर्ने साहस देखाउँछन् कि केवल औपचारिक कूटनीतिक भाषणमै सीमित रहन्छन्?नेपालका जनता भने स्पष्ट सन्देश दिन चाहन्छन्“लिपुलेक हाम्रो हो।”