Oplus_131072

धरान भाद्र १५ – चाडपर्व नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलता बढ्ने अनुमान गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनीले पहिलो पटक सुरक्षा सम्मेलन सम्पन्न गरेको छ

धरानस्थित बाहिनी मुख्यालयमा भएको सम्मेलनमा कोसी प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, सीमा क्षेत्रमा सक्रिय आपराधिक गतिविधि, बढ्दो सवारी दुर्घटना तथा पर्वका बेला हुन सक्ने सम्भावित चुनौतीबारे छलफल गरिएको थियो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी सुधीर जङ्ग थापाले सीमावर्ती निगरानीदेखि अपराध नियन्त्रणसम्मका विषयलाई प्राथमिकतामा राख्दै विभिन्न सुरक्षा निकायबीच सहकार्य र समन्वयका रणनीति तय गरिएको बताए ।

उनका अनुसार, चाडपर्वमा नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना लागू गरिने तयारी गरिएको छ ।