खैरहनीमा पालिकाले परजीवी किरा उत्पादन हुँदै, किसानलाई जैविक विकल्प
२०८२ भाद्र १६, सोमबार ११:३०
चितवन भाद्र १६ – खैरहनी नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य गर्दै परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। शुक्रबार दुवै पक्षबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा खैरहनी नगर प्रमुख शशीकुमार खनियाँ र विश्वविद्यालय अन्तर्गत अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले हस्ताक्षर गरेका छन्।
नगरपालिकाका कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार प्रयोगशालामा किसानका लागि फाइदाजनक टेलेनोमस (प्वाँख भएको कमिला जस्तो देखिने कालो किरा) र ट्राइकोग्रा (बारुला जस्तो आकृति र रातो आँखा भएको किरा) उत्पादन गरिनेछ। यी परजीवी किराहरूले कृषिमा हानी पुर्याउने कीटपतन नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
यस पहलमार्फत नगरका किसानलाई दिगो कृषि प्रविधिमा जोड्ने, रासायनिक विषादीमा निर्भरता घटाउने र जैविक उत्पादनलाई प्रोत्साहन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।




