बुढीगंगाका आचार्यले क्षेत्रीय समिति इञ्चार्ज
२०८२ भाद्र १९, बिहीबार १८:४९
विराटनगर, भदौ १९ – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समिति सचिवालय सदस्य ईश्वरी प्रसाद आचार्यलाई मोरङ क्षेत्र नं. ६ समितिको इञ्चार्जको जिम्मेवारी दिइएको छ।
पार्टीका अनुसार आचार्यलाई सो क्षेत्रको संगठन सुदृढीकरण, जनस्तरमा पार्टीको पहुँच विस्तार र आगामी निर्वाचन तयारीलाई प्रभावकारी बनाउन नेतृत्व जिम्मेवारी दिएको हो।
प्रदेश नेतृत्वले उहाँको लामो राजनीतिक अनुभव, संगठनप्रति समर्पण र संघर्षशील भूमिकालाई मूल्याङ्कन गर्दै यो जिम्मेवारी दिएको जनाएको छ।
नियुक्तिपछि आचार्यले दिएको संक्षिप्त प्रतिक्रिया अनुसार, उहाँले पार्टी संगठनलाई जनतासँग अझ नजिक पुर्याउने, युवा पुस्तालाई आकर्षित गर्ने र पार्टीको नीति–कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
यसअघि पनि उहाँले विभिन्न तहमा पार्टीलाई नेतृत्व गर्दै संगठन विस्तारमा योगदान गर्दै आउनुभएको थियो।




