काठमाडौं भाद्र २१- सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको ताजा निर्णयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्यात्मक टिप्पणी गर्दै चासो बढाएका छन्।

फेसबुकमै प्रतिक्रिया जनाउँदै उनले भनेका छन् – “फेसबुक बन्द गरेर नि तनाव हुन्दो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !”

शाहको यो भनाइलाई सरकारप्रति गरिएको प्रत्यक्ष कटाक्षका रूपमा हेरिएको छ। सामाजिक सञ्जाल नियन्त्रणले अभिव्यक्ति स्वतन्त्रतामा धक्का पुर्‍याउने भन्दै सर्वत्र आलोचना भइरहेका बेला उनको टिप्पणीले बहसलाई अझ तातेको छ।

यसअघि पनि बालेन शाहले विभिन्न सरकारी निर्णय र नीतिबारे व्यङ्ग्यात्मक शैलीमै प्रश्न उठाउँदै आएका छन्। यसपटकको टिप्पणीले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जनमानसमा थप आक्रोश फैलाएको विश्लेषकहरूको बुझाइ छ।