गृहमन्त्री लेखकको राजीनामा : जेनजी आन्दोलनकाे रक्तपातपछि जिम्मेवारी वहन
२०८२ भाद्र २३, सोमबार २०:१८
काठमाडौं भाद्र २३, जेनजीहरूको प्रदर्शन हिंसात्मक मोड लिँदै १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्
सरकारी स्रोतअनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।
लेखकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गृह मन्त्रालयको सर्वोच्च पदमा रहँदा यस्तो संवेदनशील अवस्थाको पूर्ण जिम्मेवारी आफूले लिनुपर्ने बताएका छन्।
आन्दोलन हिंसात्मक बन्न पुग्दा सरकार आलोचनाको घेरामा परेको छ। राजीनामासँगै अब घटनापछि राजनीतिक तथा सुरक्षा संयन्त्र कसरी अघि बढ्ने भन्नेबारे चासो बढेको छ।




