काठमाडौं भाद्र २४ , जेन जेनरेसन भनिने नयाँ पुस्ताले सुरु गरेको सडक आन्दोलन हिंसात्मक मोड लिँदै जान थालेपछि मुलुक आन्दोलित बनेको छ। प्रहरीको बल प्रयोगका कारण मानवजीवनमै क्षति पुगेपछि देशभर विरोधको लहर चर्किएको हो। स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले विभिन्न जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश लागू गरेको छ।

यसैबीच, तीव्र दवावका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

ओलीले उत्पन्न परिस्थितिको सम्पूर्ण राजनीतिक जिम्मेवारी लिने बताउँदै अब नयाँ नेतृत्वबाट मुलुकलाई निकास खोजिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।