२४ भदौ, काठमाडौं , राजधानीमा भड्किएको जेनजी आन्दोलनले नयाँ मोड लिएको छ। आन्दोलनकारी भीडले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाई समेत आक्रमण गरेको खबर बाहिर आएको छ।

युवाहरूको उग्र भीड सिंहदरबारदेखि संसद् भवनसम्म धसेको थियो। नेताहरूको निजी आवास, पार्टी कार्यालय र प्रहरी इकाइमाथि समेत आगजनी र तोडफोड गरिएको विवरण प्राप्त भएको छ।

राजनीतिक नेतृत्वमाथि प्रत्यक्ष आक्रमणसँगै आन्दोलन थप असामान्य चरणतर्फ धकेलिएको विश्लेषकहरूको भनाइ छ। परिस्थितिलाई नियन्त्रणमा लिन सरकारले थप कडा सुरक्षा उपाय गर्ने तयारी गरेको बुझिएको छ।