काठमाडौं भाद्र २५, देशव्यापी शान्ति सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाले कर्फ्यू आदेश लागू गरेको छ। 

सेनाको विज्ञप्तिअनुसार आज साँझ ५ बजेसम्म कर्फ्यू लागू हुनेछ। त्यसपछि पनि प्रतिबन्ध जारी रहने र भोलि बिहान ६ बजेसम्म आदेश प्रभावकारी रहने जानकारी दिइएको छ।

 सेनाले परिस्थितिलाई संवेदनशील ठहर गर्दै नागरिकलाई संयमित रहन र कर्फ्यू अवधिमा नियमपालन गर्न आग्रह गरेको छ।