काठमाडौं भाद्र २६, संविधानको संरक्षण र राष्ट्रिय स्वाभिमानका पक्षमा नेपाल विद्यार्थी संघले राजधानीमा आवाज उठाएको छ ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पस परिसरमा पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा विद्यार्थीहरूले प्रदर्शन गर्दै संविधानको रक्षा गर्न माग गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले “विदेशी हस्तक्षेप बन्द गर” भन्ने नारासहितका प्लेकार्डहरू प्रदर्शन गरे । संघले यसलाई लोकतान्त्रिक मूल्य र सार्वभौमिकताको पक्षमा उठाइएको विद्यार्थी चेतना अभियानका रूपमा व्याख्या गरेको छ ।