काठमाडौं भाद्र २६ – मुलुकमा अनौपचारिक आपतकालीन वातावरण झल्किन थालेको छ। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष दलका नेतासम्म अहिले सैनिक सुरक्षाभित्र अघोषित निगरानीमा छन्।

 बिहीबार दिउँसोदेखि उनीहरूलाई बाहिरी सम्पर्कबाट समेत काटिएको खबर सार्वजनिक भएको छ।

यहीबीच प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण अन्तिम क्षणमा स्थगित भएको छ। बदलिँदो राजनीतिक परिदृश्यलाई कारण देखाउँदै जंगीअड्डाले कार्यक्रम रोकेको जनाएको छ।

काठमाडौं उपत्यकामा सेना झन् सक्रिय बनेको छ—कर्फ्यू कडाइ, चेकजाँच तीव्र, र सडकमा सैनिक उपस्थितिमा उल्लेख्य वृद्धि। पाँचखालको वीरेन्द्र शान्ति तालिम केन्द्रबाट थप फौज राजधानी भित्र्याइएको छ।

विशेष स्रोतहरूले दिएको संकेतअनुसार आज राति मुलुक ठूलो राजनीतिक मोडमा प्रवेश गर्नसक्छ। मध्यरातको रहस्यमयी हलचलले सत्ता समीकरणै फेरिने अड्कललाई अझ बल मिलाएको छ।