राजनीतिक घुमाउरो मोड हुदै सुशीला कार्कीलाई सरकार प्रमुख
२०८२ भाद्र २७, शुक्रबार १९:२१
काठमाडौं, भाद्र २७ –देशको राजनीतिक घुमाउरो मोड आज शीतलनिवासमा देखिएको छ। दिनभर चलिरहेको किचलोबीच अन्ततः ठूला दलबीच सहमति बनेको छ ।
सहमति अनुसार, प्रतिनिधि सभा विघटनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने निर्णय गरिएको छ। यसअघि प्रतिनिधि सभा नखोलेसम्म नयाँ सरकार नबनाउने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलन तीव्र भएपछि पछि हटेका छन्।
शीतलनिवास स्रोतका भनाइअनुसार, युवाहरूले आजै बेलुकी आन्दोलनकारीलाई बोलाएर निवास घेर्ने चेतावनी दिएपछि राष्ट्रपति पौडेलले स्थिति नियन्त्रण गर्न नसकेको स्पष्ट पारेका थिए। त्यसपछि उनले दलका शीर्ष नेताहरुलाई बोलाएर संसद् विघटन गर्ने र तत्क्षणै नयाँ प्रधानमन्त्रीको शपथ गराउने तयारी भएको जानकारी दिएका छन्।
नाटकीय घटनाक्रमबीच राष्ट्रपतिले संविधानको धारा २७३(१) प्रयोग गर्दै ‘आपतकाल’ घोषणा गरेका छन्। यो कदम संसद् विघटन र प्रधानमन्त्री नियुक्तिको बाटो सहज बनाउन उठाइएको बताइन्छ।
यसैबीच, शपथग्रहण कार्यक्रम आजै राति ८:४५ बजे शीतलनिवासमा तय गरिएको छ। राजधानी राजनीतिक रूपले अत्यन्त संवेदनशील अवस्थामा छ भने आम नागरिकहरू उत्सुकतापूर्वक आजको रातको प्रतिक्षामा छन्।




