प्रधानमन्त्रीको सिफारिसपछि प्रतिनिधि सभा विघटन, ६ महिनाभित्र चुनाव
२०८२ भाद्र २७, शुक्रबार २३:२९
काठमाडौँ भाद्र २७ – प्रधानमन्त्रीमा नियुक्त भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पहिलो निर्णय स्वरूप प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन्। उनको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(७) र धारा ८५ बमोजिम प्रतिनिधि सभा विघटन गरेका हुन्।
राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार, प्रतिनिधि सभा तत्काल विघटन भए पनि राष्ट्रिय सभा यथावत रहनेछ। राष्ट्रपति पौडेलले कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यादेश दिएका छन्।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन करिब तीन वर्षमै विघटन भएको हो, जसलाई राजनीतिक अस्थिरताको अर्को चरणको रुपमा हेरिएको छ।





