काठमाडौं, २९ भाद्र, जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले सो निर्णयमा हस्ताक्षर गरेकी हुन्।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

सरकारको निर्णयअनुसार, शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत रकम प्रदान गरिनेछ।