काठमाडौं भाद्र २९, अर्थतन्त्रलाई पुनः गतिमा ल्याउने प्रयास स्वरूप सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार राज्यको तर्फबाट भुक्तानी वितरण प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ।

यस्तै, राजस्व संकलनसमेत क्रमशः सहज बन्दै गएको छ। देशभरका अधिकांश भन्सार विन्दु फेरि सञ्चालनमा आइसकेका छन् भने आन्तरिक राजस्व कार्यालयहरूमध्ये पूर्ण क्षति पुगेकाबाहेक अन्य कार्यालयले पनि सेवा प्रदान गर्न थालेका छन्।

प्रवक्ता पाण्डेयका भनाइमा, यी गतिविधिले सरकारको आर्थिक गतिविधि र प्रशासनिक कामकाजलाई पुनः सामान्य बनाउने संकेत दिएको छ।