काठमाडौँ, २९ भाद्र – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक टिम टुङ्ग्याएकी छन्। स्रोतका अनुसार तीन मन्त्रालयका प्रमुख पदका लागि नाम निश्चित भइसकेका छन्।

अर्थ मन्त्रालय रामेश्वर खनालले सम्हाल्ने भएका छन् भने ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिने तयारी भएको छ। त्यस्तै, कानुन तथा गृह मन्त्रालयको नेतृत्व ओमप्रकाश अर्यालले गर्ने पक्का भएको छ।

यी तिनै मन्त्रीले आगामी सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् औपचारिक रूपमा काम सुरु गर्नेछ भन्ने अपेक्षा गरिएको छ।