काठमाडौ असाेज १ , पश्चिम नेपाल फेरि पनि भूकम्पको धक्काले हल्लिएको छ।बुधबार राति ८ बजेर २६ मिनेट जाँदा पूर्वी रुकुम–बागलुङ्गको सीमाक्षेत्र केन्द्रबिन्दु रहेको ४.६ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

अचानक कम्पन महसुस भएपछि स्थानीयवासी घरबाट बाहिर निस्किएका थिए। धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका धेरै जिल्लासम्म अनुभूत भएको जनाइएको छ। तर अहिलेसम्म जनधनको क्षतिको विवरण भने आएको छैन।