काठमाडौं, असोज ३, संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित चियापान समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बाक्लो जमघट भएको छ। कार्यक्रमलाई भव्य बनाउन राष्ट्रपति कार्यालयले विशेष तयारी गरे पनि नेताहरूको भीडका कारण व्यवस्थापनमा चुनौती देखिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको शुभकामना दिँदै लोकतन्त्रलाई मजबुत बनाउन ताेकिएकाे समयमा निर्वाचन गरि सबै दल र जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिए। उनले संविधानलाई स्थायित्व र समृद्धिको आधारका रूपमा व्याख्या गर्दै सबैले यसको आत्मा आत्मसात् गर्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, प्रमुख प्रतिपक्ष दलका नेतादेखि संवैधानिक निकायका पदाधिकारीहरू सम्म उपस्थित थिए। नेताहरूबीच आपसी भेटघाटसँगै पछिल्लो राजनीतिक परिस्थिति, आन्दोलनपछि देखिएका चुनौती र सरकार गठनका विषयमा अनौपचारिक छलफल भएको बताइन्छ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, “संविधान दिवस विशेष दिन भएकाले उच्च तहका अतिथि धेरै हुनु स्वाभाविक हो। तर यसरी बाक्लो जमघट हुँदा सुरक्षादेखि व्यवस्थापनसम्म सम्हाल्न निकै खटपट भएको थियो।”

संविधान दिवसलाई स्मरण गर्दै चियापानले नेताहरूलाई औपचारिकताभन्दा बढी संवाद र समीक्षाको साझा मंच बनाएको देखिएको छ।