नदेखिने ग्रहणकाे दाेष लाग्दैन
२०८२ आश्विन ४, शनिबार १९:०६
२०८२ असोज ५ गते (सेप्टेम्बर २१, २०२५) आंशिक सूर्य ग्रहण लाग्नेछ। खगोलविद्हरूका अनुसार यस दिन हुने ग्रहण नेपाल तथा भारतबाट देखिने छैन।
यो ग्रहण दक्षिणी गोलार्धका केही भागहरूमा मात्र अवलोकन गर्न सकिनेछ।
विज्ञानअनुसार ग्रहणको महान क्षण सेप्टेम्बर २१, १९:४३:०४ UTC मा हुने र यसको माग्निट्युड करिब ०.८५५ रहनेछ।
धार्मिक मान्यताअनुसार ग्रहणका बेला सूतक लागू हुने विश्वास रहे पनि नेपालमा देखिनेन ग्रहण भएकाले यसकाे दाेष वा धार्मिक प्रभाव पर्ने छैन। पण्डितहरूले नदेखिने ग्रहणकाे अवस्थामा सूतक नियम अनिवार्य नरहने स्पष्ट पारेका छन्।
यसकारण आगामी असोज ५ गतेको सूर्य ग्रहण नेपालमा नदेखिने भएकाले कुनै विशेष धार्मिक दाेष वा असर पर्ने छैन।




