सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा, सात नयाँ मन्त्रीको चर्चा
२०८२ आश्विन ५, आईतवार १६:१९
काठमाडौं असाेज ५, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी तीव्र पारेकी छिन् । जेनजी समूहलाई समेत समेट्दै कार्कीले सात जना नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्री पदका लागि प्रस्तावित व्यक्तिहरूको कागजात संकलन भइरहेको छ । आजै ती नामहरू राष्ट्रपति कार्यालयमा पठाइने बताइएको छ
राष्ट्रपति कार्यालयमा पनि नयाँ मन्त्रीहरूको सूची आउने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।
हाल चर्चामा रहेका नामहरूमा समाजसेवी महावीर पुन, क्याप्टेन विजय लामा, सञ्चारकर्मी जगदीश खरेल र पूर्व राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी लगायत छन् ।
यसअघि प्रधानमन्त्री कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रीको जिम्मेवारी दिएकी थिइन् ।
नयाँ मन्त्रीहरूको नामावली आजै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।




