काठमाडौं असाेज ७, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ । पहिलो चरणमा सातै प्रदेशअन्तर्गतका ३५ वटा गाउँपालिकाले नयाँ एम्बुलेन्स पाएका छन् ।

महानगरको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार, एम्बुलेन्स वितरणका लागि स्थानीय तहबाट आवेदन संकलन गरी मापदण्डका आधारमा छनोट गरिएको हो । छनोटमा परेका गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको उनले जानकारी दिए 

उनका अनुसार वितरण प्रक्रियामा दुर्गम, स्वास्थ्य सेवामा पहुँच कमजोर भएका तथा आवश्यकता अनुसार प्राथमिकता दिइएको छ । यस कदमले ग्रामीण क्षेत्रमा आकस्मिक उपचारमा पुग्न कठिनाइ कम गर्ने अपेक्षा लिइएको छ ।