सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, प्रधानमन्त्री कार्की आज साँझ ६ बजे सम्बोधन गर्ने
२०८२ आश्विन ९, बिहीबार १७:४१
काठमाडौं असाेज ९, प्रधानमन्त्री सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को नियमित बैठक आज सिंहदरबारमा जारी छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र जेन-जी आन्दोलनपछिको अवस्थाबारे विशेष छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। उनले बिहीबार साँझ ६ बजे राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकार बनेको हो। त्यसयता मुलुकको राजनीतिक यात्रामा महत्वपूर्ण मानिएको यो सम्बोधनमार्फत प्रधानमन्त्रीले आगामी दिशा–निर्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




