स्वास्थ्य मन्त्रालयमा डा. यादवको नाम अगाडि
२०८२ आश्विन १०, शुक्रबार १२:२०
विराटनगर असाेज १०, जेनजी आन्दोलनपछि बनेको नयाँ सरकार विस्तार प्रक्रियामा स्वास्थ्य मन्त्रालयको सम्भावित नेतृत्वका विषयमा चर्चित नाममध्ये विराटनगरका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. रोहित प्रसाद यादव अगाडि देखिएका छन्।
स्थानिय जेनजी अभियन्ताहरूसँग नजिक रहेर सहयोगी भूमिका निर्वाह गर्दै दिनरात सेवामा तल्लीन रहने व्यक्तित्वका रूपमा यादव परिचित छन्। यसले उनलाई युवा पुस्ताबीच थप लोकप्रिय बनाएको छ।
त्यसैगरी, तराई–मधेस मूलका बुद्धिजीवी व्यक्तिका रूपमा पनि उनको छवि क्रमशः मजबुत बन्दै गएको छ। यसले सरकारमा क्षेत्रीय सन्तुलन कायम गर्ने दृष्टिले समेत उनको नामलाई बलियो विकल्पका रूपमा प्रस्तुत गरेको विश्लेषण भइरहेको छ।
यादव स्वास्थ्य मन्त्रालयमा पुगे सुधार र पारदर्शितासहितको सेवा प्रणालीलाई जनमैत्री बनाउन सक्ने अपेक्षा गरिएको छ।




