नेपाल बीमा प्राधिकरणमा नयाँ नेतृत्व, अध्यक्षमा जनकराज शर्मा
२०८२ आश्विन १०, शुक्रबार १६:३८
काठमाडौं असाेज १०, नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । नवनियुक्त अध्यक्ष जनकराज शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि उनले आजै पदभार सम्हाल्ने तयारी गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।




