काठमाडौं, असोज १० , नेकपा (माओवादी केन्द्र) ले सातौँ केन्द्रीय समिति भङ्ग गर्दै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भएको छ।

दुई दिनदेखि काठमाडौंमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको हो। प्रचण्डकै संयोजकत्वमा गठित आयोजक समिति अब पार्टी सञ्चालन गर्नेछ।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई सफल बनाउन पार्टीले अन्तरिम सरकारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकका निर्णयहरू

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन।पदाधिकारीहरू आयोजक समितिको सचिवालयमा रूपान्तरण।विशेष महाधिवेशन मंसिरमा गर्ने।नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न आयोग गठन।पारिवारिक सदस्यसम्बन्धी नीतिगत कार्यविधि बनाउने।संस्कार, कार्यशैली र चालचलनबारे नीति ल्याउने।

जेन-जी पुस्तालाई सबै कमिटीमा सहभागी गराउने र युवालाई प्राथमिकता दिने।

सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने।

अन्य विचार मिल्ने दलहरूसँग एकता गर्ने सम्भावना खुला गर्ने।

बैठकले वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले प्रस्तुत गरेका केही प्रस्ताव पनि समेट्दै महाधिवेशनसम्म निरन्तर छलफल गर्ने निष्कर्ष निकालेको छ।