जंगी अड्डामा प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूबीच समसामयिक घटनाबारे विशेष बहस
२०८२ आश्विन १०, शुक्रबार २१:५३
काठमाडौं असाेज१० ,जंगी अड्डामा शुक्रबार एक विशेष बैठक बस्यो, जहाँ प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान सेनापतिहरू आमने–सामने भए।
बैठकको मूल विषय हालै भदौ २३ र २४ गते भएका घटना र त्यसपछिको परिस्थिति थियो।
नेपाली सेनाले ती घटनालाई गम्भीरतापूर्वक हेरिरहेको बताइएको छ। अन्तरिम सरकार गठनको प्रक्रियामा सेनाले खेलेको भूमिकाबारे कतिपयले प्रशंसा गरेका छन् भने ठूला प्रशासनिक संरचना सुरक्षित गर्न नसकेको भन्दै आलोचना पनि भएको छ।
भदौ २४ गते रातिदेखि सेनाले कर्फ्यु जारी गरेर स्थिति नियन्त्रणमा लिएको थियो। शुक्रबारको छलफलमा यिनै घटनाक्रम र त्यसका प्रभावबारे विस्तृत बहस भएको जंगी अड्डाले जनाएको छ।




